Skip to content
LAXMI SUNRISE BANK

नापी कार्यालयका कर्मचारी यादव घुस रकमसहित पक्राउ

अर्थ सरोकार

धनुषा – धनुषामा नापी कार्यालयका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । नापी कार्यालय धनुषाका जन्जिरदार जयगोविन्द यादवलाई मंगलबार १५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
गाउँ ब्लकको जग्गा सर्वे नापी गरी फिल्ड बुकमा जग्गाधनीको नाम कायम गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो।
घुस रकमसहित उनलाई लक्ष्मीनियाँ गाउँपालिका वडा नं ३, अगिलेश्वरबाट अख्तियार टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनका विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK