
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादलमाथि कारवाही गरेको भन्दै प्रचण्ड फायर बनेका छन् । साथै प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीमाथि मनपरी ‘चार्ज’ लगाएको भन्दै पूर्व माओवादी भित्र खैलाबैला सुरु भएको छ ।
पछिल्लो समय देशमा घटीरहेका घटनाक्रमबारे प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई बालुवाटार बोलाएर स्पष्टीकरण लिएका थिए। त्यहि स्पष्टीकरणको बिषयलाई लिएर अहिले पूर्व माके र पूर्व एमालेबीच पार्टीभित्र तिक्तता सुरु भएको पूर्व माओवादी केन्द्रका एक नेताले बताए ।
नाम उल्लेख नगर्ने सर्तमा ति नेताले भने- ‘प्रधानमन्त्री ज्यूले पछिल्लोसमय बादल जीलाई बढी नै दबाबमा राख्नुभएको छ । तर प्रचण्ड कमरेडलाई यो मन परेको छैन । विप्लव जीहरुमाथि पनि उहाँ प्रधानमन्त्री ज्यूले आवस्यकताभन्दा बढी नै ‘एग्रेसिभ’ भएको हामीलाई महशुस भइरहेको छ । यसको परिणाम ठिक हुन्छ जस्तो हामीलाई लागेकाे छैन ।’
विशेषगरी थाइल्याण्ड जाने क्रममा तत्कालीन माओवादीका बाल सैनिक लेनीन विष्टलाई एयरपोर्टबाट फिर्ता बोलाइएको विषयमा प्रधानमन्त्री ओलीले आइतबार गृहमन्त्री थापासँग स्पष्टीकरण लिएका हुन् ।
गृहमन्त्री थापा आइतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। विष्टलाई गत साता मात्र अध्यागमन विभागले विदेश जान रोक लगाउँदै एयरपोर्टबाटै फिर्ता पठाएको थियो ।
विष्टलाई विमानस्थलबाट फिर्ता गरिएको विषयमा सर्वोच्च अदालतले समेत सरकारका नाममा कारण देखाउ आदेश मागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्