×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नी पत्नी वडाध्यक्षसँग रंगेहात भेटिएपछि पतिले नै बोलाए प्रहरी (भिडियोसहित)

PRIME CA

आफ्नी पत्नी वडाध्यक्षसँग रंगेहात भेटिएपछि पतिले नै बोलाए प्रहरी (भिडियोसहित)

२० भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

बागुलङ – बागलुङमा प्रहरीले एकजना वडाध्यक्षलाई बुर्तिबाङबाट अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ ।

प्रहरीले वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर मिलोमतो गराएर छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कविता केसी (नाम परिवर्तन)को घरको कोठाबाट वडाध्यक्ष गुरुङलाई प्रहरी र ती महिलाका पतिले पक्राउ गरेका थिए ।
कविता केसीका पतिले पत्नी र वडाध्यक्ष गुरुङलाई कोठाभित्र सँगै फेला पारेपछि प्रहरी खबर गरेका थिए । त्यसपछि कविता केसी र गुरुङ कोठाभित्रै रंगेहात पक्राउ गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले ती महिलाका पतिले वडाध्यक्ष कृष्ण गुरुङ र आफ्नी पत्नीलाई कोठाभित्रै सँगै देखेपछि प्रहरी खबर गरेको जानकारी दिए ।
‘घटनाको प्रकृति र अनुसन्धानबाट तत्काल ती महिला र वडाध्यक्ष कृष्ण गुरुङबीच अनैतिक क्रियाकलाप गरेको देखिएन । छाडिदियौँ । अरु बेला के भएको थियो हामीलाई थाहा भएन । पुष्टि हुने कुरा पनि भएन’, प्रहरी प्रमुख एसपी रेग्मीले भने, ‘मिलापत्र गरेपछि पति–पत्नीसँगै गएका छन् ।’
कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङबीच अनैतिक सम्बन्ध रहेको हल्ला चलेपछि पतिले उनीहरूको गतिविधिलाई मसिनो गरेर हेर्दै आएका थिए । आइतबार कोठाभित्रै पत्नी कविता केसी र वडाध्यक्ष गुरुङलाई फेला पारेपछि प्रहरी बोलाएर पक्राउ गराएका थिए ।
हेर्नुहोस् भिडियो

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: