
काठमाडौँ – डोल्पाका सांसद धनबहादुर बुढाले सांसदबाट राजीनामा दिन अस्वीकार गरेपछि बामदेव गौतमको आँखा पूर्वी रुकुमतिर परेको छ । राज्यमन्त्री बुढाले भदौको दोस्रो सातामा राजीनामा दिने घोषणा गरेका थिए । तर जिल्लाबाट फर्केपछि उनको मन पनि फर्कियो र राजीनामा नदिनु मुडमा पुगे ।
बामदेवका अति निकट मानिने धनबहादुरलाई राजीनामा गराउने र बामदेव गौतम डोल्पाबाट चुनाव लड्ने तयारी थियो । निर्वाचनको तयारीका लागि गौतमले आफ्ना सुरक्षा पीएओलाई डोल्पाको प्रहरी प्रमुख बनाएर पठाइपनि सकेका थिए । तर जिल्लाका कार्यकर्तासँग छलफल गरेपछि धनबहादुरले राजीनामा दिन अस्वीकार गरेको नेकपाका एक नेताले बताए ।
धनबहादुरले गौतमलाई डोल्पाबाट ग्रिन सिग्नलबीच धोका दिएपछि उनको आँखा पूर्वी रुकुमतिर परेको छ । प्यूठान र पूर्वी रुकुमा दुईतिर छलफल चलेपछि जित निश्चित हुने पूर्वी रुकम गौतमको आँखा परेको छ । उनले पूर्वी रुकुम आफ्ना लागि खाली गरिदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले बताएको छ ।
पूर्वी रुकुमबाट नेकपाकी कमला रोक्का सांसद छन् । उनलाई राजीनामा गराउने र आफु सांसद लड्ने प्रस्ताव गौतमले दाहाललाई दिएका छन् । गौतमको प्रस्तवमा दाहाल सकारात्मक भएपनि अर्का अध्यक्ष केपी शर्मा ओली भने अझै सकारात्मक भइसकेका छैनन् । सांसद दुर्गा पौडेललाई राजीनामा गराएर प्यूठानबाट चुनाव लड्न ओलीले सुझाव दिएका छन् । तर गौतम प्यूठानबाट चुनाव लड्ने पक्षमा छैनन् ।
‘मलाई राजीनामा गराउने बिषयमा शिर्ष नेताहरुबीच छलफल भएको मैले थाहाँ पाएकी छु, तर दुई अध्यक्षले भने केही भन्नुभएको छैन’ सांसद कमला रोक्काले भनिन् ‘औपचारिकरुपमा नेताहरुले प्रस्ताव ल्याए आफ्नो निर्णय दिन्छु ।’ रोक्कालाई अहिले राजीनामा गराउने र दुई बर्षपछि राष्ट्रियसभामा लिएर मन्त्री बनाउने प्रस्ताव प्रचण्डले गर्ने तयारी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्