
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार उपत्यका बन्दको आह्वान गरेको छ । विभिन्न अभियोगमा पक्राउ परेका आफ्ना प्रवक्ता प्रकाण्डलगायत राजनीतिक व्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारी गरेको भन्दै त्यसका विरुद्ध असोज ७ गते आइतबार उपत्यका बन्दको घोषणा गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेका छन् । ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको छ । यो सरकारले आफ्नै अदालतको आदेशको समेत घोर अवहेलना हुनेगरी हाम्रो पार्टीका प्रवक्तालगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला–जिल्ला घुमाउने काम गरिरहेको छ । राज्यको यस किसिमको निरङ्कुशता तथा अराजकताको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ ।’
उक्त उपत्यक बन्द कार्यक्रमलाई सफल बनाउन उपत्यकाभित्र रहेका सम्पूर्ण राष्ट्रवादी कर्मचारी, शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात क्षेत्रलगायत सम्पूर्ण वर्ग, क्षेत्र, पेसाका जनसमुदायलाई ओली–प्रचण्डको फासिवादी रवैयाका विरुद्ध तथा कमरेड प्रकाण्डलगायत नेता–कार्यकर्ताहरूको रिहाइको पक्षमा ऐक्यवद्धता जाहेर गर्न उपत्यकाबन्द भव्य र शानदार रूपमा सफल पारिदिनहुन हार्दिक अपील गर्दछौँ ।’

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्