×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रेडलाइट बहसः मुख्यमन्त्रीज्यू ! सीता र भृकुटीको देशमा महिलालाई बेश्या बनाएर राज्यकोष भर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रेडलाइट बहसः मुख्यमन्त्रीज्यू ! सीता र भृकुटीको देशमा महिलालाई बेश्या बनाएर राज्यकोष भर्ने ?

Artha Sarokar

१ आश्विन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – रेडलाइट तोकेर यौन व्यवसायलाई वैधता दिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङको अभिब्यक्तिप्रति महिला सांसदले आपत्ति जनाएका छन् । सांसद चन्दा चौधरीले मुख्यमन्त्री गुरुङको राजीनामा मागेकी छिन् । ‘यो सीता र भृकुटीका देश हो, यहाँ रेडलाइट एरिया तोकेर महिलाको मोल मोलाई हुँदैन’ राष्ट्रिय जनता पार्टीकी सांसद चौधरीले भनिन् ‘महिलाको शरिर बेचेर राजश्व असुल गर्ने तरिका मानवीय होइन ।’
नेपालको जस्तो धार्मिक सांस्कृतिक परिवेशमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नुहने बताइन । ‘हामी महिला हिंसाको कुरा एकातिर गरिरहेका छौ भने अर्काेतिर महिलाको शरिर बेचेर राज्यकोष भर्ने अपराधी सोच पाल्छौ’ उनले भनिन् ‘अरु देशमा के छ त्यो त्यसको आधारमा नेपालमा रेडलाइट एरिया तोक्नु गलत हुन्छ ।’ उनले अरुदेशको समृद्धि तर्फ राज्य सञ्चालकको ध्यान नजाने तर नराम्रो कामप्रति पहिले ध्यान जान थालेको बताइन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लुकीछिपी यौन धन्दा चलिरहेको र त्यसलाई ब्यवस्थीत गर्न रेडलाइट एरिया छुट्टयाउनु पर्ने बताएका थिए । रेडलाइन बनाउने मुख्यमन्त्रीको धारणाप्रति असहमति जनाउँदै सांसद चौधरीले राजीनामा मागेकी हुन् । ‘रेडलाइट बनाउँछु भन्दै हिड्ने मुख्यमन्त्रीको दलले उहाँलाई कारवाही गर्नुपर्दछ र उहाँले राजीनामा दिनु पर्दछ’ सांसद चौधरीले भनिन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी