Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनि ट्रान्सफरबिच सम्झौता, सम्झौतासँगै सेवा पनि सुरु !

अर्थ सरोकार

काठमाडौँ – अमेरिकाको १५,००० भन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनैपनि नेपालीहरुले जुनसुकै State (स्टेट) बाट सिगे मनी ट्रान्सफर मार्फत नेपालको कुनैपनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले दिनु भएको छ ।
यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गर्नु भएको थियो । सिगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरु मा पनि सिटी एक्सप्रेससँग नयाँ प्रविधिमार्फत सहकार्य गर्दै जाने बताउनु भयो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत १२ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ६००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK