×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली देशबाहिर भएका बेला धुम्बाराहीमा प्रचण्डको उत्सव ! गरे यस्तो कार्यकर्ता रिझाउने काम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ओली देशबाहिर भएका बेला धुम्बाराहीमा प्रचण्डको उत्सव ! गरे यस्तो कार्यकर्ता रिझाउने काम

Artha Sarokar

९ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर भएका बेला प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा भित्र्याएका छन् । सोहि अवसरमा नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार नेता कार्यकर्ताले उत्सव मनाइरहेका छन् ।
नेपाला टेलिभिजनका पूर्वअध्यक्ष एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका मंगलबार छन् ।
धुम्बाराहीमा एक विशेष कार्यक्रममा दाहाल पार्टी प्रवेश गरेका हुन् । उनलाई नेकपाका अध्यक्ष प्रचण्डले टीका र सदस्यता प्रदान गरेर पार्टीमा सवागत गरे । चितवन जिल्ला निवासी दाहालले मंगलबारदेखि नेपाली कांग्रेसलाई परित्याग गरेको जनाएका छन् ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्डले नेपाल टेलिभिजनका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका नेता महेश संघ र प्रदेश निर्वाचनअघि नै तत्कालीन वाम गठबन्धनमा प्रवेश गर्न खोजे पनि आफूले रोकेर राखेको बताएका छन् ।
दाहाललाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नेपाल तरुण दलका केन्द्रीय समिति सदस्य समेत भइसकेकका दाहाल चुनावअघि नै पार्टी प्रवेश गर्न खोजेको खुलासा गरेका हुन् ।
‘पार्टी प्रवेश गर्नेबारे चुनावअगाडि नै छलफल भएको थियो । उहाँको मन हाम्रोतिर थियो’, प्रचण्डले भने, ‘अहिले चुनावमा हाम्रो गठबन्धनको पक्षमा माहौल बनाउने र पछि प्रवेश गर्ने भन्ने छलफल भयो ।’
समाजवादको यात्रामा दाहालको बाँकी जीवनको अधिकतम सदुपयोग हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनलाई पार्टीले उचित जिम्मेवारी दिने वचनबद्धता समेत गरे ।
नेपाल विद्यार्थी संघमा लामो समय काम गरेका दाहाल नेपाल तरुण दलको केन्द्रीय समिति सदस्य समेत भएका थिए ।
पार्टी प्रवेशका क्रममा दाहालले मुलुकको विकास अब कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव भएको बताए । पार्टी प्रवेशका क्रममा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै दाहालले पार्टीको जुनसुकै आग्रह र निर्देशन मान्न आफू तयार रहेको समेत उल्लेख गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी