×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः आन्दोलनरत डाक्टरहरुसँग झुक्यो सरकार, अपराध संहिताको उपदफा नै खारेज गर्दै

PRIME CA

अन्ततः आन्दोलनरत डाक्टरहरुसँग झुक्यो सरकार, अपराध संहिताको उपदफा नै खारेज गर्दै

१९ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – २ दिनदेखि आन्दोलनरत डाक्टरहरुले राहत पाउने भएका छन् । डाक्टरको लापरबाहीले बिरामीको ज्यान गए ५ बर्ष जेल र ५० हजार जरीवाना हुने नयाँ मुलुकी अपराध (संहिता)ले ब्यबस्था गरेपछि डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले लाइसेन्स नै बुझाउने चेतावनी दिएपछि सरकार झुकेको हो ।
सोमबार सरकार र अान्दाेलनरत नेपाल चिकित्सक संघबीच ३ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव र आन्दोलित नेपाल चिकित्सक संघबीच सोमबार राति ३ बुँदे सहमति भएको हो ।
३ बुँदे सहमतिमा मुलुकी अपराध (संहिता) को दफा २३० को उपदफा ३ खारेज गर्ने, परिच्छेद १९ मा रहेको सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवदेनका आधारमा निर्णय गर्ने उल्लेख छ । त्यसैगरी उजुरीको म्याद ६ महिना राख्ने र ड्युटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड तथा आगजनी गर्नेलाई विना धरौटी हिरासतमा राख्ने सहमति पनि दुई पक्षबीच भएको छ ।
चिकित्सक संघ मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेर केही समयदेखि आन्दोलित भइरहेको थियो । आइतबार मात्रै उसले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र र एप्रोन काउन्सिलमा बुझाएको थियो ।
तर सहमति भएपछि उसले आफ्ना घोषित आन्दोलनका कार्यक्रम १ साताका लागि स्थगन गरेको जनाएको छ । यसअघि चिकित्सक संघले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलन चर्काउने चेतावनी सरकारलाई दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: