×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेक्युरिटी गार्डको आँखा छल्दै एभरेष्ट बैंकमा लुटपाट, डिपोजिट गर्न गएका ग्राहकको रकम थुतेर लुटेराहरु फरार !

PRIME CA

सेक्युरिटी गार्डको आँखा छल्दै एभरेष्ट बैंकमा लुटपाट, डिपोजिट गर्न गएका ग्राहकको रकम थुतेर लुटेराहरु फरार !

१७ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल- बुटवलको एभरेष्ट बैंकमा चोरी भएको छ । बैंकमा रकम जम्मा गर्न गएका एक जना व्याक्तिको रकम चोरी भएको हो । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार करिव साढे १० बजे बुटवलस्थित एभेरेष्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको रकम चोरी भएको हो । उनी बुवलको नेपालगञ्ज रोडमा रहेको दुर्गा प्लाष्टिक हाउसमा आवद्द्ध छन् । बुटवल–६ विपी चौकमा रहेको एभरेष्ट बैंकमा लुटपाट भएसँगै बैंकको सुरक्षामाथि प्रश्न उठेको छ । सुरक्षा गार्डको समेत आँखा छलेर लुटपाट भएको बताइएको छ । 
बैंकको काउन्टर नजिकै भौचर भर्दै गर्दा ३ जनाको समूहमा आएका अज्ञात व्याक्तिले ज्ञवालीको हातबाट कुल २ लाख २३ हजार रुपैयाँ रकम चोरेर भागेको प्रत्यक्षदर्शीको भनाइ छ । विहान १० बजेर ४ मिनेटजाँदा बैंकभित्रै रकम लुटपाट भएको घटना बैंकको सिसिटीभि क्यामेरामा कैद भएको छ । सीसीटिभीमा देखिएको फुटेज अनुसार तीन जना व्यक्ति एकैपटक बैंकभित्र प्रवेश गरेका थिए भने त्यसपछि उनीहरु रकम लुटेरा भागेका थिए । घटना विषयमा प्रहरीले थप अनुधान गररहेको छ भने फरार लुटेराहरुको खोजी कार्य भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: