- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५८ हजार १ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोम बार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।