Skip to content
LAXMI SUNRISE BANK

गण्डकी बिकास बैंकको टाँडी शाखाद्धारा चेपाङ संरक्षण केन्द्रलाई सहयोग

अर्थ सरोकार

काठमाडौँ –  चितवनको रत्ननगरमा अवस्थित गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई गण्डकी बिकास बैंक टांडी शाखाले २०७५ भाद्र १६ गते शनिबार १५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री बितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रहेर केन्द्रलाई चामल, दाल नुन लगायतका आवश्यक खाद्यान्न तथा कलम, कापी लगायतका शैक्षिक सामाग्री सहयोग गरेको बैंकले जनाएको छ । 
चितवन क्लस्टर प्रमुख सुरज शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाकी उममेयर बिमला दवाडी को प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा उपमेयर बिमला दुवाडी तथा चितवन क्लस्टर प्रमुख सुरज शर्माले संयुक्त रुपमा सो केन्द्रका अध्यक्ष श्री केपी किरण शर्मालाई १५ हजार बराबरको चेक बितरण गरेका थिए । 
उपमेयर बिमला दुवाडीले जस्तो सुकै अबस्था आए पनि केन्द्रका बालबालिकालाई भोकै बस्न नदिने बताईन् । उपमेयर दुवाडीले रत्ननगरमै रहेको यस केन्द्र दाताको सहयोगको भरमा चलेको बताउदै यस केन्द्रका बालबालिकालाई नगरपालिकाको साथ सदैव रहने बताइन् ।
चितवनको रत्ननगरमा शाखा रहेको सो बैंकले खाद्यान्न अभाबको समस्या झेल्ने गरेको केन्द्रलाई सहयोग गरिएको रत्ननगर शाखाका ब्रान्च म्यानेजर प्रेम घिमिरेले जानकारी दिए । सोही अवसरमा आयोजित वित्तीय साक्षरता कार्यक्रम अन्र्तगत बैंकले प्रदान गर्ने सेवा सुविधा, खाताका प्रकार, कारोबार प्रक्रिया लगायतका विषयमा समेत घिमिरेले जानकारी गराए । 
कार्यक्रममा रत्ननगर उद्दोग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा रत्ननगर न.पा. वडा नं. ११ का वडा सदस्य कुल बहादुर गुरुङ्गका साथमा करिब २०० विद्यार्थी, अन्य अतिथि एपम् सर्वसाधारणहरुको उपस्थिती रहेको थियो । सो केन्द्रमा चितवन, मकवानपुर, धादिङ्ग तथा गोरखा जिल्लाको बिभिन्न बिकट क्षेत्रका करिब १३० जना गरिब, असहाय तथा चेपाङ्ग बिधार्थी अध्ययन तथा बसोबास गर्दै आईरहेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK