- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गरिमा विकास बैंकले १०% बोनस र ३.७५% नगद लाभांश दिने भएको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १०% बोनस र ३.७५% नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले दिन लागेको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिने छ ।
गरिमाको हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९९७.०७ रुपैयाँ रहेको छ भने १०% बोनसपछि चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्नेछ ।