
काठमाडौँ – ग्लोबल आइएमई बैंक लि.ले भाद्र २८ गते, बिहिबार गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गरे । त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिना कुमारी श्रेष्ठले उद्घाटन गरे ।
उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने बताए । त्यस्तै उनले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंकले गोरखा जिल्लामा गोरखा बजार, मनकामना र सिरानचोक गरि ३ वटा शाखा सञ्चालन गरिरहेको छ । त्यस्तै गरि ग्लोबल आइएमई बैंक लि.ले २०७५ भाद्र २८ गते, बिहिबार का दिनदेखि नै आफ्नो १३२ औ शाखा र १३७ औ एटिएम सेवा नवलपरासी जिल्लाको गैँडाकोटमा सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवा संगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ ।
त्यस्तै गरि बैंकले १०२ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्