- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५७ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५७ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।