- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५७ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५७ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ ।