- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रति तोला ५७ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ५८ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।