×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हकप्रदमा गुराँस लाइफ इन्स्योरेन्सको ठूलो बदमासी, कम्पनीको आन्तरिक विवादले यसरी डुबे लगानीकर्ता !

  • अर्थ सरोकार समाबाददाता 
काठमाडौँ- गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक विवादका कारण लगानीकर्ता डुबाएको छ । कम्पनीभित्रको आन्तरिक खिचातानी र उत्कर्षको विवादका कारण यसअघि नै स्वीकृति पाईसकेको हकप्रद निष्काशन नगर्दा लगानीकर्ताहरु डुबेका हुन् । कम्पनीले हकप्रद निष्कासनका लागि ६ महिना अघि नै स्वीकृति लिएको थियो । तर उसले हकप्रदको थप प्रक्रिया अगाडी नबढाएपछी लगानीकर्ताहरु डुबेका छन् । संस्थागत शुशासनको समेत ख्याल नगरी कम्पनीले यतिसम्म मनपरी गरेको छ कि हकप्रद भर्नका लागि नियमअनुसार १५ दिनको अग्रिम सूचना दिनुपर्ने भने त्यसपछि ३५ दिनको म्याद दिनुपर्ने भएपनि कानुनको खिल्ली उडाउँदै कम्पनीले अहिलेसम्म सोको सूचनासमेत निकालेको छैन छैन । हकप्रद निष्कासन नगरेकै कारण अव कम्पनीको पूँजी पुस मसान्तसम्म नपुग्ने निश्चित भइसकेको छ भने यसले गुराँसलाइफ इन्स्योरेन्स कारवाहीको भागीदार हुने पनि देखिएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट पाएको अनुमतिको अहिले म्यादसमेत सकिएको छ । समयमा नै आफुले स्वीकृति पाएको काम नगर्दा अव पुन: सुरुको प्रक्रियाबाट बोर्डसँग हकप्रद निष्कासनका लागि आवेदन दिनुपर्छ । 
कम्पनीभित्र लफडा नै लफडा !
यसअघि पनि समयमा नै विवरण पेश नगरेको भन्दै वीमा समितिको कारवाही भोगेको गुराँस लाइफ इन्स्योरेन्स भित्र भित्रै थुप्रै लफडाहरुको सिकार बनेको छ । कम्पनीमा संचालकहरुको आन्तरिक विवादका कारण राम्रा कर्मचारीहरुले कम्पनी भकाभक छोड्ने तयारी गरिरहेका छन् भने हकप्रद निष्कासन जस्तो महत्पूर्ण विषयलाई पनि कम्पनीले केटाकेटी खेलेको पारा देखाएको छ । कम्पनीले गत चैत्रमा धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि स्वीकृति पाएको थियो । हुन त कम्पनीले पुन: बोर्डमा हकप्रद निष्कासनका लागि अनुमति माग्ने प्रर्किया सुरु गरेको छ । तर स्वीकृति पाएको बेला काम नगर्ने र लगानीकर्तालाई डुबाएर फेरी सोहि प्रक्रिया सुरु गर्नुका पछाडी ठुलो चलखेल भएको आशंकासमेत गरिएको छ । 
लगानीकर्ता डुबायो गुराँस लाइफले !
गुराँस लाइफ इन्स्योरेन्सले यतिसम्म मनपरी गरेको छ कि उसले पहिला हकप्रदको स्वीकृति पाएको खबर सार्वजनिक गर्यो । यहि लोभमा कतिपय लगानीकर्ताहरुले गुराँसलाइफकै हकप्रदको बाटो हेरेर बसे । यहि हकप्रद खानकै लागि भनेर समेत गुराँस लाइफ इन्स्योरेन्सको सेयरमाथि आशा गर्नेहरु बढेका थिए । तर कम्पनीको आन्तरिक खिचातानीका कारण लगानीकर्ताहरुको त्यो आशामाथि ठूलो कुठाराघात भएको छ । यस विषयमा कम्पनीका सचिव हुन्, वा विक्री प्रबन्धक, उनीहरु ढुक्कसँग धीतोपत्र बोर्डमा हकप्रद निष्कासनको अनुमति माग्न पुन: प्रक्रिया सुरु गरिएको बताउँछन् । तर कम्पनीको यस्तै गलत कदमका लागि लगानीकर्ताहरु मारमा पारेर कम्पनीभित्रकाले नै ठुलो चलखेल त गरेनन् ? भन्ने शंका उब्जिएको छ । स्मरण रहोस्, यसअघि पनि कम्पनीले समयमा नै विवरण नबुझाएको भन्दै कारवाही भोगेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: