
काठमाडौँ – मुलुकी अपराध (संहिता) ऐन २०७५ चिकित्साशास्त्र विरुद्ध रहेको भन्दै चिकित्सकहरूले र्याली निकालेका छन् । उनीहरूले पेशागत धर्म निर्वाह गर्नै अवरोध गर्ने प्रावधानहरू ऐनमा रहेको दावी गर्दै ऐन खारेजीको माग गरेका छन् ।
नेपाल चिकित्सक संघको नेतृत्वमा काठमाण्डुको माइतिघर मण्डलबाट सुरु भएको र्याली नयाँ बानेश्वरमासम्म पुग्नेछ । र्यालीको ब्यानरमा मुलुकी ऐन खारेज गर लेखे पनि उनीहरूले नारा लगाउँदा भने मुलुकी ऐन संशोधन गर भनिरहेका छन् । हालको मुलुकी ऐन, अपराधीलाई चैन, नेताको उपचार विदेशमा, नेपालीलाई मर्का स्वदेशमा लगायतका नारा लगाइरहेका छन् ।
मुलुकी अपराध ऐनको दफा २३२ (लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न नहुने) को उपदफा १ मा कानुन बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचक्य्राइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने प्राबधान छ ।
भदौ १ देखि लागू भएको ऐनको परिच्छेद – १९ मा इलाज सम्बन्धी कसूर को प्रावधान छ ।
उपदफा २ मा àउपदफा (१) बमोजिमको कामबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र हेलचेक्र्याई गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने’ उल्लेख छ ।
डाक्टरको आन्दोलनले अधिकांश बिरामीहरु मर्कामा परेका छन् । उपचार गराउन अस्पताल आएकाहरु उपचार नपाएर निराश बन्दै धमाधम घर फर्किएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्