
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आइएमइ जनरल इन्स्योरेन्सका सञ्चालक योगेश्वर शर्मा ढकाल अयोग्य भएको खुलासा अर्थ सरोकार डटकमले गरेपछि यसले नेपाली इन्स्योरेन्स क्षेत्रमा राम्रै चर्चा बटुलेको छ । तर अर्थ सरोकार डटकमले यस विषयमा फलोअप गर्ने क्रममा अयोग्य संचालक योगेश्वर शम्रा ढकाल र कम्पनीका सीइओ युगेश भक्त बादेबीच नै कुरा बाझिएपछी घटना झन् रहस्यमय भएको छ ।
योगेश्वर शर्मा ढकाल र सीइओको कुरा बाझियो !
यता अर्थ सरोकार डटकमले सञ्चालकको अयोग्यताबारे समाचार प्रकाशन गरेपछि योगेश्वर शर्मा ढकाल अर्थ सरोकारको सम्पर्कमा आउंदै आफुले भाद्र ५ गते नै कम्पनीबाट राजीनामा दिएको तर बोर्डले नै स्वीकृत नगरेको दावी गरेका छन् । उनले अर्थ सरोकार डटकमका सम्पादकलाई सम्पर्क गरी आफुले आफुले कम्पनी छोडीसकेको दावी गरेका छन् । ‘अनि भाद्र ५ अघि चाहिं कम्पनीमा नियम विपरित नै बस्नुभएको ?’ भन्ने हाम्रो प्रश्नमा भने उनले प्रतिक्रिया दिएनन् । उनले आफ्नो फोटो र नाम वेवसाइटबाट संचालकको रुपमा किन नहटेको बारेपनि आफुलाई थाहा नभएको दावी गरे । तर अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै कम्पनीका सीइओ युगेश भक्त वादेले अयोग्य संचालकका बारेमा आफुलाइ थाहा भएको तर यस प्रकरणमा आफुलाई नमुछ्न आग्रह गरे । ‘योगेश्वर शर्मा ढकाल त अयोग्य छन् नि आइएमइ जनरल इन्सुरेन्सको सञ्चालक हुन ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘अँ सबै कुरा थाहा छ, तर मलाइ नमुछ्नूस् है !’
आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका संचालक योगेश्वर शर्मा ढकाल आइएमइ कोअपरेटिभ सर्भिस लिमिटेडका अध्यक्षसमेत हुन् ।दुइ भिन्न कम्पनीमा फरक-फरक खालका फोटो राखेर संचालक योगेश्वर शर्मा ढकालले जनता र नियामक झुक्याईरहेका छन् । यसरी २ कम्पनीमा सञ्चालक हुन नपाइने गरीको व्यवस्था निर्देशिकामा छ ।
हेर्नुहोस् योगेश्वर शर्मा ढकाल आइएमइ कोअपरेटिभ संस्थाको अध्यक्ष रहेको प्रमाण :

हेर्नुहोस् योगेश्वर शर्मा ढकाल आइएमइ जनरल इन्सुरेन्स कम्पनी लिमिटेडको सच्न्हालक रहेको प्रमाण :

र हेर्नुहोस् कानुनमा यस्तो गर्न नपाइने स्पष्ट व्यवस्था भएको कानुन

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्