Skip to content
LAXMI SUNRISE BANK

प्रस्ताव अस्वीकार गरेपछि जनस्वास्थ्यका हाकिममाथि नायव सुब्बाले गरे मुक्का प्रहार, यस्तो छ घटनाको विस्तृत विवरण

अर्थ सरोकार

काठमाडौं – स्वास्थ्य विभाग अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा.हरिशचन्द्र उप्रेतीमाथि नायव सुब्बा माधव घिमिरले कसेर मुक्का प्रहार गरेका छन् । कार्यसम्पादन मूल्यांकन फारम भर्ने विषयमा आफू अनुकूल नभएको भन्दै निर्देशक उप्रेतीमाथि घिमिरेको मुक्का हाने पनि चोट पटक भने लागेन।
नायब सुब्बा घिमिरले बिहीबार अपरान्ह निर्देशक उप्रेतीको कार्यकक्षमा प्रवेश गरी सिधै ताकेर मुक्का प्रहार गरेको स्रोतले जनाएको छ । उप्रेतीले मुक्का छलेका थिए ।
कार्यसम्पादन मूल्यांकन फारममा आफूले भनेअनुसार नम्बर राख्नुपर्ने माग नायब सुब्बा घिमिरेको थियो । निर्देशक उप्रेतीले घिमिरेको प्रस्ताव अस्वीकार गरेपछि मुक्का प्रहार गरेका हुन् ।
नायब सुब्बा घिमिरे कुटपिटमा उत्रिएपछि प्रहरी बोलाइएको थियो । प्रहरी नआउँदै निर्देशक उप्रेतीमाथि पुनः आक्रमण भएको थियो ।
निर्देशक उप्रेतीलाई दवाव दिन घिमिरेसहितका कर्मचारीहरूले कार्यकक्षमा नै थुनेका थिए । प्रहरी आएपछि कर्मचारीहरूको भागाभाग भएको थियो ।
मुक्का प्रहार गर्ने नायब सुब्बा घिमिरेलाई प्रहरीमा मुद्धा नचलाउन निर्देशक उप्रेतीलाई कर्मचारीहरूले दवाव दिएका छन् । घिमिरेले निर्देशक उप्रेतीसँग माफी माग्ने प्रस्ताव कर्मचारीहरूमार्फत पठाएका छन् । तर, उप्रेतीले के गर्ने भनेर जवाफ दिएका छैनन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK