×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकद्धारा फुलचोकी आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनता बैंकद्धारा फुलचोकी आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण

१७ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेडलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेको पनौतीमा रहेको फुलचोकी आधारभुत विद्यालयलाई दूई थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईँले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्थानाजुक रहेकोले ति वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालनको लागि अनुरोध गरे ।
जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको छ । विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण र पाठेघर सम्बन्धि निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तरोन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्री उपलब्ध गराई सहयोग गरिएको छ । यसबर्ष देशै भरीबाट सामुदायिक विद्यालयका २०० विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने बैंकको योजना छ ।
बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखारहित बैंकिङ, २ सिमित्त बैंकिङ्गएकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी