
काठमाडौँ – मञ्जुश्री फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था र वमी लघुवित्तले नयाँ शाखा कार्यालयको लागि शाखा प्रमुख देखि प्रशिक्षार्थी कर्मचारीको माग गरेका छन् । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त, मेरो माइक्रोफाइनान्समा पनि रोजगारी खुलेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले एक जना विजनेस डेभलपमेन्ट अफिसर, ४ जना व्यवस्थापन प्रशिक्षार्थी, ५ जना वरिष्ठ सहायक र केहि कनिष्ठ साहायक पदको लागि विज्ञापन खुला गरेको छ । अफिसरको लागि कृषि विज्ञानमा स्नातक गरेको हुनु पर्नेछ, व्यवस्थापन प्रशिक्षार्थीको लागि व्यवस्थापनमा स्नातक गरेको हुनु पर्नेछ भने कनिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ। इच्छुक आवेदकले असोज १८ गतेसम्ममा आवेदन दिनु पर्ने छ ।
मञ्जुश्री फाइनान्सले नयाँ शाखा कार्यालय विराटनगर र काठमाडौं शाखाको लागि शाखा प्रमुख माग गरेको छ। उक्त पदका लागि स्नातक गरि कम्तिमा पनि ४ वर्षको कार्यानुभ हुनु पर्नेछ। इच्छुक आवेदकले असोज ४ गतेसम्ममा निवेदन दिनु पर्नेछ ।
वोमी माइक्रोफाइनान्सले अधिकृत स्तरका शाखा प्रमुखको लागि केहि कर्मचारी माग गरेको छ। शाखा प्रमुखको लागि स्नातक गरि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ। त्यस्तै सहायक श्रेणीको लागि केहि सहायक प्रशिक्षार्थी माग गरेको छ। सहायकको लागि एसएलसी उत्तीर्ण गरेको भए पुग्छ । इच्छुक आवेदकले असोज १३ गतेसम्ममा आवेदन दिनु पर्ने संस्थाले जनाएको छ ।
त्यस्तै, ग्लोबल आईएमई लघुवित्तले एक जना नायब प्रमुख कार्यकारी अधिकृत मागेको छ । स्नातकोत्तर वा सोसरहको परीक्षा उतीर्ण भई कुनै बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय तहमा ५ वर्षको कार्य अनुभव भएको तथा उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउनेछन् । असोज १३ गतेभित्र हस्ताक्षरसहितको निवेदनपत्र, बायोडाटा र पासपोर्ट साइजको फोटोसहित [email protected] मा ईमेलमार्फत वा लमजुङको बेसीशहरस्थित केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न आह्वान गरिएको छ ।
मेरो माइक्रोफाइनान्सले पनि जोखिम व्यवस्थापन तथा कर्जा असुली विभाग प्रमुख एक जना, शाखा प्रबन्धक १५ जना र फिल्ड सहायक ३० जना मागेको छ । आवेदन दिने म्याद असोज ५ गतेसम्म मात्रै रहेको छ । दरखास्त फारम संस्थाको वेभसाइटमा तथा केन्द्रीय कार्यालयमा पाइन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्