
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गरेका छन् ।
मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आईतवार वीरेन्द्रनगरमा आयोजित ‘स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी’को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर गरेका छन् ।
कर्णाली पछि पर्नुमा केही कारण दातृ निकाय तथा गैह्र सरकारी संस्था भएको सङ्केत गर्दै मुख्यमन्त्री शाहीले भने, ‘हामीसँग पवित्र मुहान छन् तर पानी किनेर खान्छौँ, कोदो, कागुनो, चिनो बिर्सेर बिस्कुट चियातिर लागेका छौंँ ।’ अरुको आशमा गरीने कामले परनिर्भरता बढाउने भन्दै उहाँले स्थानीय तह न्यायिक समितिका पदाधिकारीलाई उच्च मनोबलका साथ नागरिकको सेवामा समर्पित भएर काम गर्न आग्रह गरे।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हिजो न्यायको ढोकामा पुग्न नपाएका अधिकांश महिला आज न्याय दिलाउने नेतृत्व आफैले गर्नु गणतन्त्रात्मक शासन व्यवस्थाको सवल पक्ष भएको बताए । ‘जनतालाई सही सेवा दिने परीक्षामा सामेल हुनुहुन्छ, राम्रो परिणाम देखाउनुस्’, उनले भने, ‘न्याय सम्पादनका लागि विगतका नजिर र संविधान अध्ययन आवश्यक छ ।’
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संविधान र कानूनले न्यायिक समितिका संयोजकलाई महत्वपूर्ण जिम्मेवारी दिएको तर्क गरे। उनले न्यायको तराजु सबैलाई समान गर्न आग्रह गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्