- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २९% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हालको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजारको २९% बोनस र कर तिर्नको लागि १.५३% नगद लाभांश दिने निर्णय गरेको हो ।
संस्थाले दिन लागेको लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिने छ ।