
- अर्थ सरोकार सम्बाददाता
धनुषा- औपचारिक स्थापनाको छोटो समयमै अधिकांस लगानीकर्ताको मन जित्न सफल नेपाल पूँजीबजार लगानीकर्ता संघले प्रदेश स्तरमा पनि विभिन्न कार्यक्रम गर्न थालेको छ । संघले जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरको कार्यक्रममा पनि उल्लेखनीय सहभागीहरुले सहभागीता जनाएपछी राष्ट्रिय स्तरमै संघको क्रियाकलापलाई लगानीकर्ताहरुले रुचाएको देखिएको छ ।
नेपाल पूँजीबजार लगानीकर्ता संघले शुक्रबार जनकपुरधाममा आयोजना गरेको ‘नेपाली पूँजीबजार तथा वर्तमान सेयर बजारका अवसर तथा चुनौति’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा शेयर बजार विस्तारमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले बैंकिङ ज्ञानको अभावमा ग्रामीण क्षेत्रका सोझा साझा जनता अहिले पनि साहुसँग महँगो ब्याजमा ऋण लिन बाध्य रहेकाले वित्तीय साक्षरताको लागि गाउँगाउँमा कक्षा सञ्चालन गर्नुपर्ने सोच प्रदेश सरकारको रहेको जानकारीसमेत दिएका छन् । उनले प्रदेशमा शेयर बजारमा लगानी केही निश्चित वर्गको मात्र रहेकाले यसबारे शिक्षा सबैमा पुर्याउनुपर्ने आवश्यक्तासमेत औंल्याएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्