
जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ११ गते एक दलित बालिकाको पढाइको अभिभावकत्व लिए । ती थिइन्– साढे ४ वर्षीया लक्ष्मीनियाकुमारी दास । धेरैलाई लाग्न सक्छ– उनलाई अब पढाइमा कुनै कठिनाइ छैन होला। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
पाँच महिना बिते। सुरुमा केही दिन बाक्लै स्कुल गइन्। त्यसपछि जानै छाडिन्। कारण सोधखोज गर्न न मुख्यमन्त्री राउत पुगे, न उनका कोही सहायक नै। दुई भाइ–बहिनीलाई घरमा खेलाएर दिनभर बस्नुपर्ने बाध्यता मुख्यमन्त्रीको ‘कृत्रिम सन्तान’ हुँदा पनि लक्ष्मीनियालाई हटेन।
मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत धनुषाको मिथिला विहारी नगरपालिका ८ स्थित मिथिला आधारभूत विद्यालय, कचुरीमा कक्षा १ मा नयाँ भर्ना भएकी दासको अभिभावकत्व स्वीकारेका थिए। त्यही प्रयोजनका लागि आयोजित समारोहमा माला लगाइदिएर काखमा बोके। खुसीले मुस्कुराउँदै भने, ‘अब यिनको पढाइको सम्पूर्ण जिम्मा मेरो।’
एक गैरसरकारी संस्था र स्थानीयवासीको सहयोगमा मुख्यमन्त्री अभिभावक बन्ने सौभाग्य उनलाई प्राप्त भयो। अति विपन्न परिवारकी लक्ष्मीनियाँले अब राम्रो शिक्षादिक्षा पाउने र भविष्य उज्जवल बन्नेमा बुवा गढवा दास र आमा शीलादेवी ढुक्क भए।
परिवारको आर्थिक अवस्था कमजोर छ। बुवा विहानै अटो चलाउन जान्छन्। आमाले खेतबारीमा काम गर्नुपर्छ। भाइ–बहिनी हेर्ने भाग लाग्छ लक्ष्मीनियालाई। आमालाई खेतीमा सघाउन पनि जानुपर्छ। विद्यालयका अनुसार भदौमा उनी दुई दिन मात्रै पढ्न गइन्। असारमा उस्तै। साउनमा १५ दिन गर्मी बिदा भयो। त्यसअघि घएको प्रथम त्रैमासिक परीक्षामा समेत सामेल भइनन्। वैशाख र जेठमा अलि बाक्लै गए पनि त्यसपछि त्यो क्रम क्रमशः घट्यो।
‘राम्ररी पढाइदेलान्। काममा दुःख गरेर भए पनि छोरीलाई पठाउँला भन्ने थियो। हेर्न–सोध्न कोही आएनन्’, आमा शीलादेवीले भनिन्, ‘सुरुमा पठायौं पनि। तर, अहिले कामको बेला पठाउन सकिएन।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्