×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुण्डा नाइके दावा लामा पक्राउ परेपछि काँग्रेसभित्र रुवाबासी, तरुण दलले निकाले यस्तो विज्ञप्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गुण्डा नाइके दावा लामा पक्राउ परेपछि काँग्रेसभित्र रुवाबासी, तरुण दलले निकाले यस्तो विज्ञप्ति

Artha Sarokar

१७ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गुण्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाल काँग्रेसभित्र रुवाबासी चलेको छ । दिल्ली प्रहरीद्वारा पक्राउ परेका लामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलबाट पक्राउ परेका लामा नक्कली भारतीय नोट र सट्टेबाजी धन्दामा लागेको अभियोगमा नेपाल प्रहरीको समेत खोजी सुचीमा थिए । पछिल्लो समय सिक्किममा बसेर त्यहाँका जुवाडेहरुलाई लगानी गर्दै आएका उनी केही दिनअघि दुबई घुम्न गएका थिए ।
उनलाई पक्राउ गरेको विषयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विज्ञप्ति निकालेर बिरोध जनाएको छ । लामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको काभ्रे जिल्ला अध्यक्ष हुन्। तरुण दलका काभ्रे जिल्ला कार्यबाहक अध्यक्ष उत्तम चापागाईंले उनलाई रिहाईको काम गर्दै विज्ञप्ति निकालेका हुन् ।
तरुण दलले लामा दुबई घुमेर नेपाल फर्कने क्रममा इन्दिरा गान्धी विमानस्थलमा पक्राउ परेको र सो कुरा सँगै रहेको तस्विर लामाले जानकारी दिएको भन्दै उक्त धरपकडप्रति तरुण दलले ध्यानाकर्षण रहेको जनाएको छ । विज्ञप्तिमा उनलाई विनासर्त रिहाई गर्न समेत माग गरिएको छ ।
उनलाई दिल्ली प्रहरीले किन पक्राउ गरेको भन्ने अहिलेसम्म नेपाल प्रहरीले आधिकारिक रुपमा जानकारी पाएको छैन । २०७३ चैत्र २९ गते काठमाडौंको गौरीघाटमा दावालाई लोप्साङ लामाले गोली प्रहार गरेका थिए । गुण्डा नाइके समिरमान सिंह बस्नेत समुहका लोब्साङ लामा अहिलेसम्म फरार रहेको बताइन्छ ।
२०६७ सालदेखि दावा पटक पटक जेल पर्दै राजनीतिक पहुँचकै आधारमा छुट्दै आएका छन् । उनी काभ्रेली समुह अन्तर्गत गणेश लामाका नजिकका गुण्डा नाइके हुन् ।
उनले पछिल्लो समय आफ्नै समुह खडा गरेर अपहरण, लागु औषध, तथा चन्दा अशुली धन्दा चलाउँदै आएका छन् । उनीमाथि ललितपुरका ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि खुकुरी प्रहार गरेको मुद्दा समेत छ । उनले राजधानीका एक व्यापारीबाट पटक पटक गरी ४० लाख रुपैयाँ अशूल गरेको अभियोग समेत छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी