
काठमाडौं – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफुले केहि समयमै सक्रिय राजनीतिबाट राजीनामा दिन लागेको खुलासा गरेका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिने बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन् । अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको उनले बताए ।
‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, ‘त्यसैले धेरै सुन्नू, थोरै बोल्नू ।’
सरकार सञ्चालनबारे पार्टीमा छलफल नगरिएकोप्रति पनि नेता नेपालले असन्तुष्टि जनाए । सरकार सञ्चालनबारे अनुभव भएका नेता भए पनि त्यो अनुभव ग्रहण गर्न प्रधानमन्त्री ओलीले ध्यान नदिएको नेता नेपालको भनाइ छ ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका नेता नेपालले सरकारको भने बचाउ गरे । सरकारको काम–कारबाहीलाई लिएर आलोचना भइरहेका बेला नेता नेपालले सरकारको समीक्षा गर्ने बेला भइनसकेको बताए । ‘सरकारको समीक्षा गरिहाल्ने बेला भएको छैन’, नेता नेपालले अगाडि थपे, ‘मलाई विश्वास छ, केही समयपछि सरकारले देखिने रिजल्ट निकाल्ने छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्