लाष्ट रिमाइन्डर :
कम्पनी : महालक्ष्मी विकास बैंक
सुरक्षित गर्ने लाभांश : १५% (८% बोनस सेयर र ७% नगद)
बुक क्लोज : असोज १४ गते, आइतबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज ११ गते, बिहिबार)
विशेष साधारण सभा : असोज २६ गते
विवरण :
महालक्ष्मी विकास बैंकको १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १४ गते (आइतबार) हुने भएको छ । शुक्रबार सेयर कारोबार नहुने भएकाले बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारण सभाका प्रस्ताव :
८% बोनस सेयर र ७% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र नाफा, नोक्सान, हिसाब लगायतका विवरणहरु पारित गर्ने।
अन्य बैंक तथा वित्तीय संस्था महालक्ष्मीमा गाभिने अवस्था आएमा त्यससम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने
विशेष साधारण सभा हुने स्थान र समय :
अल इन वन मार्ट, क्राउन ब्यांकेट मिनभवन काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ८४ करोड ४५ लाख ७९६ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १५४ रुपैयाँ ३० पैसा ।