
काठमाडौं – महालक्ष्मी विकास बैंक र नर्भिक इण्टरनेशनल हस्पिटल तथा मेडिकल कलेजबीच सम्झौता भएको छ । बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नर्भिकसँग सहकार्यात्मक सम्झौता गरेको हो । हालै सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले नर्भिकको विभिन्न सेवामा ५ देखि ३० प्रतिशतसम्म छूट पाउनेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
देशभर ७५ शाखाबाट बैङ्किङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा उक्त अस्पतालको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमतिसमेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्