
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।
‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’
कदम चाल्दा कसैले कसैलाई सिध्याउने नभई पार्टी, आन्दोलन र जनतालाई ध्यान दिएर निर्णय लिइने उनको भनाइ छ । आम जनतामा देखिएको निराशा मिडियामार्फत् पनि आएको बताउँदै प्रचण्डले सकारात्मक ढंगले समीक्षा गरिने बताए ।
‘सरकार र मन्त्रीहरूको विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा गर्ने प्रक्रिया सुरु भएको छ,’ प्रचण्डले भने, ‘दुई अध्यक्षबीच एक–आपसमा शंकाका रूपमा हेरिन्छ भन्ने होला, तर पार्टी र सरकारका विषयमा एक–आपसमा गम्भीर छलफल भइरहेको छ ।’ सरकार र पार्टी एकताको विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी पनि भएको खबर विरेन्द्र ओलीले नयाँ पत्रिकामा खबर लेखेका छन् ।
पार्टी कमिटीदेखि जनवर्गीय संगठनको एकता भदौभित्रै गरिसक्ने प्रचण्डले बताए । भदौभित्र एकता गरी जनतामा प्रशिक्षण चलाएर एक ढिक्का बनाउँदै अगाडि लैजाने उनको भनाइ छ । विवाद भएर एकतामा ढिलाइ नभएको उनको दाबी छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले समय व्यवस्थापन गर्न नसक्दा एकता प्रक्रिया ढिला भएको स्पष्ट पारे ।
‘दुई अध्यक्षको समय मिलाउनै गाह्रो भएकाले एकता लम्बिएको हो । कहिले कसको समय नमिल्ने, कहिले कसको नमिल्ने हुँदा एकता लम्बिदै गयो । तर, धेरै ढिला पनि भएको छैन,’ प्रचण्डले भने, ‘एकताको विषयमा दुई अध्यक्ष बसेर छलफल गरी टुंगो लगाउँछौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्