Skip to content
LAXMI SUNRISE BANK

मेरो माइक्रोफाइनान्सको १५ % बोनसपछि १००% हकप्रद आउँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मेरो माइक्रोफाइनान्सले १००% हकप्रद शेयर निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सले आज (मंगलबार)  बसेको सञ्चालन समितिको बैठकबाट कम्पनीलाई अझ सबल र समक्ष रुपमा विस्तार गर्न थप पुँजी वृद्धि गर्नु पर्ने भएकोले हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीको साधारण सभा मार्फत प्रस्ताव पारित गर्न पर्ने हुनाले आव २०७४/७५ को १५ % बोनस शेयर वितरण पछि हुन आउने चुक्ता पुँजी ३२ करोड ८९ लाखको १००% अर्थात १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।
हकप्रद जारी गर्दा आउने भिन्न अंकलाई माथिल्लो पुर्ण अंकमा आवेदन दिन पाउने गरी जारी गर्ने र यसरी जारी गर्दा चुक्ता पुँजी वृद्धि हुने भएमा आगामी वार्षिक साधारणसभाबाट सो अनुमोदन गराउने गरी नेपाल धितोपत्र बोर्डमा थप धितोपत्र दर्ता गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गराउन छैटौं वार्षिक साधारण सभा समक्ष विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको जानकारी गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK