- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मुक्तिनाथ विकास बैंकले १९.२१ % लाभांश सिने भएको छ । बैंकले हाल कायम २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँबाट १८.२५% बोनस सेयर र उक्त बोनसको कर तिर्न ०.९६% नगद लाभांश दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लाभांश वितरण हुनेछ । बोनसपछि यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ ।