×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडा अटो शो विशेष : ११ तस्विरमा हेर्नुहोस् एउटै गाडीमा १८ लाख कुम्ल्याउने गाडी र रेनोका अन्य ‘मोडल’ (फोटोकथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौंमा नाडा अटो-शो शुरु भएको छ । भदौ ३१ गतेसम्म चल्ने १३ औं नाडा अटो-शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिएका छन् । उक्त अटो शोमा थुप्रै ब्राण्डका गाडीहरुले आ-आफ्ना अफर र दावी सहित गाडी तथा बाइक बिक्री गरिरहेका छन् । शो छिर्ने बित्तिकै धेरैको ध्यान गएको स्टलमध्येको एक हो रेनोको स्टल । त्यसमा पनि पत्रकार, र गाडी नकिन्नेहरुको ध्यान बढी यो स्टलमा गएको छ । किनकि एउटै गाडीमा १८ लाख कुम्ल्याउने गाडी कस्तो हुँदोरहेछ भन्ने हेर्ने रहर लागेका धेरै नाडा अटो शो हेर्न गएका छन् ।    
भारतबाट आयात गरी भन्सार बिन्दुमा ६ लाख ७३ हजार ५ सय ९१ भारु अर्थात १० लाख ७४ हजार ४ सय ९५ रुपैयाँ मा आइपुगेको गाडी काठमाडौँमा भने ५१ लाख रुपैयाँ छ । रेनोको क्याप्चर डिजेल आरएक्सई टाइप–के ९ के मा यस्तो तथ्य भेटिएको हो । यो गाडीको काठमाडौँको बजार मूल्य ५१ लाख ६३ हजार ७ सय ४ रुपैयाँ तोकिएको छ । यहि तथ्यसहितको खबर अर्थ सरोकारले केहि दिन अगाडी प्रकाशित गरेपछि उक्त शोमा पुगेकाहरु पनि ठूलो बार्गेनिङको अपेक्षा गरिरहेका छन् । कम्पनीले पनि आफ्नो लुटधन्दाबारे तथ्य बाहिरिएपछी सकेसम्म मिलाएरै दिउँ भन्ने मनस्थिति राखेको बुझिन्छ । 
रेनोको क्याप्चर डिजेल आरएक्सई टाइप–के ९ के कै कुरा गर्ने हो भने  गाडी सबै मूल्य जोडेर पौने ११ लाखमा भन्सार साखामा आइपुग्छ । उक्त गाडी नेपाल भित्रिँदाको मूल्य १० लाख ७४ हजार ४ सय ५९ रुपैयाँको भन्सार ८० प्रतिशत, अन्तशुल्क ६० प्रतिशत, भ्याट १३ प्रतिशत र सडक मर्मत दस्तुर ७ प्रतिशत जोड्दा पनि ३७ लाख ४१ हजार ५ सय ३३ रुपैयाँमात्रै हुन्छ । ३ लाख रुपैयाँ कम्पनीको लागत वीरगन्जबाट–काठमाडौं आयात र त्यसमा लाग्ने ब्याज जोड्दा पनि ४० लाखभन्दा बढी लागत पर्ने देखिँदैन । रेनोको एउटा क्याप्चर बिक्री गर्दा एड्भान्स अटोमोबाइल प्रालिले ११ लाख रुपैयाँभन्दा बढी नाफा लिने गरेको छ । 
यसो त रेनोको लूट यतिमा सिमित छैन । रेनोको ह्याचब्याक क्वीड आरएक्सटी १.० क्लाइम्बर टाइप–बी४डीएको भन्सार घोषणा गरिएको मूल्य ३ लाख ३६ हजार ३ सय ४१ भारु अर्थात नेपाली मूल्य ५ लाख ३८ हजार ६ सय ५० रुपैयाँ हुन्छ । कम्पनीले यसको बजार मूल्य भने २४ लाख ११ हजार ६ सय ६३ रुपैयाँ तोकेको छ । क्वीड–एमटी १ एलई ३ आरएक्सटी अप्सन टाइप–बी४को वीरगन्ज भन्सारमा घोषणा गरिएको मूल्य ३ लाख १८ हजार ३ सय ४१ भारु हो । यो गाडीको बजार मूल्य कम्पनीले २२ लाख २४ हजार ५ सय ३३ रुपैयाँ तोकेको छ । यस्तै रेनो क्याप्चर पेट्रोल आरएक्सइ टाइप–एच४ केए८०२ को भन्सारमा घोषणा गरेको मूल्य ६ लाख ७० हजार ९ सय ८ भारु अर्थात नेपाली रुपैयाँ १० लाख ७४ हजार ४ सय ५९ हुन्छ । कम्पनीले नाडा अटो शोमा केहि गाडीहरु प्रदर्शनमा राखेको छ । हेर्नुहोस् तीनै गाडीहरु तस्विरमा :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: