
- सरला राउत / अर्थ सरोकार डटकम
काठमाडौंमा नाडा अटो-शो शुरु भएको छ । भदौ ३१ गतेसम्म चल्ने १३ औं नाडा अटो-शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिएका छन् । उक्त अटो शोमा थुप्रै ब्राण्डका गाडीहरुले आ-आफ्ना अफर र दावी सहित गाडी तथा बाइक बिक्री गरिरहेका छन् । तर युवाहरुको भीड हेर्ने हो भने गाडीभन्दा पनि बाइकका स्टलहरुमा बढी देखिन्थ्यो । कलेज पढ्नेहरु देखि भर्खर पढाइ सकेका युवाहरुको ध्यान गाडीभन्दा बढी बाइकमा थियो । नाडा अटो शोमा प्रस्तुत भएका ‘अटो-गर्ल’ तर्फ युवाहरुको ध्यान नजाने कुरै भएन ।
यता युवातीहरुपनि गाडी भन्दा बढी ध्यान स्कुटीमा दिइरहेका थिए । थोरै स्टल भएकाले युवतीहरु केहि स्टलहरुमा झुम्मिएका थिए । टिभीएस अपाचे बाइक राखिएको स्टलमा नेपाली सिनेस्टार आयुष्मान देशराज श्रेष्ठलाई भेट्ने, उनीसँग फोटो खिचाउनेहरुको भीड सानो थिएन । समग्रमा शोमा उपस्थित भएका युवती दर्शक त्यहीं जम्मा भएझैं देखिन्थे । तस्विर कथामा हेरौं शोमा बाइक, स्कुटी मोडल र आयुष्मानको ‘गर्जियस’ लुक्स !












