Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकले ल्यायो नारी सम्मान बचत खाता, के- के छ सुविधा ?

अर्थ सरोकार

काठमाडौँ – जहाँ नारीको पूजा (सम्मान) हुन्छ त्यहाँ भगवान रमाउंँछन् भन्ने हाम्रो वैदिक मान्यता र परम्परा आत्मसात गरी नेपाल बैंक लिमिटेडले नारी सम्मान वचत खाता बजारमा ल्याएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका ०७५ को उपलक्षमा नारीको सम्मान गर्ने तथा नारीलाई वचततर्फ उत्प्रेरित गरि उनीहरुको सुखद् भविष्य सुनिश्चित गर्ने उध्देश्यले बैंकद्वारा ल्याईएको उक्त खाताका ग्राहकले निशुल्क भिसा डेविट कार्ड, स्मार्ट बैकिङ्ग रजिष्ट्रेशन, एविविएस, डिम्याट/आस्वा खाता सेवा, लकर सेवामा धरौटी छुट, शुल्कमा २५ प्रतिशत छुट, आन्तरिक तथा वाह्य रेमिटान्स पठाउँदा ५० प्रतिशत छुट लगायतका महत्वपूर्ण सहुलियत प्राप्त गर्नेछन् । 
लक्ष्मीको पर्यायको रुपमा रहेका नारी लक्षित गरि श्रीसम्पत्तिकी पर्याय महालक्ष्मी देवीको प्रतीक चिन्ह बोकेको नेपाल बैंकले ल्याएको उक्त नारी सम्मान वचत खाता न्युनतम १० हजार रुपैयाँमा नेपाल बैंकका कुनै पनि शाखामा खोल्न सकिने छ । 
एक परिपक्व स्थिर वित्तीय संस्थाको रुपमा आठ दशक यता अविच्छिन्न रुपमा देशको वित्तीय सेवामा संलग्न नेपाल बैंक लिमिटेडले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब ६३ करोड् कर्जा प्रवाह गरेको छ । मुलुकका हिमाल पहाड तराई ५६ जिल्लामा फैलिई १४२ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १४ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याईरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK