×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपचार नै ठप्प पार्ने चिकित्सकलाई कांग्रेसकाे साथ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

उपचार नै ठप्प पार्ने चिकित्सकलाई कांग्रेसकाे साथ !

Artha Sarokar

१८ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।
चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले उनीहरुका जायज माग सम्वोधन हुनुपर्ने बताए । तपाईं नै प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरुसँग छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको जिज्ञासामा सभापति देउवाले छलफल गरेर नै ल्याएको प्रतिक्रिया दिए ।
सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताएका सभापति देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । सार्क र विमस्टेक फरक(फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको तर्क छ । संयुक्त सैन्य अभ्यास सहमतीअनुसार हुन लागेको उनले बताए ।
देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको टिप्पणी गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी