×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया र गुराँस लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट ईन्स्योरेन्सको बीमा पोलिसी लिन सकिने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआईसी एशिया र गुराँस लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट ईन्स्योरेन्सको बीमा पोलिसी लिन सकिने

Artha Sarokar

२० भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २४१ शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।
मुलुकभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी