×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्मला हत्या प्रकरणः प्रतिवेदन बुझ्दै गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

निर्मला हत्या प्रकरणः प्रतिवेदन बुझ्दै गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

Artha Sarokar

९ आश्विन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या काण्डको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक हरिप्रसाद मैनालीको टोलीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा घटनाको सम्भावित कारण, घटनास्थलको विवरण, प्रहरी अनुसन्धानलगायत सम्भावित आरोपीबारे पनि उल्लेख गरिएको बताइएको छ । गृहमन्त्री थापाले प्रतिवेदन पूर्ण रुपमा कार्यान्वयन गरिने बताएका छन् । निर्मला हत्याकाण्डमा सरकार गम्भीर रहेको पनि गृहमन्त्री थापाको भनाइ थियो ।
घटनाको अनुसन्धानमा देखिएको प्रहरी कमजोरी, विभिन्न व्यक्तिको बयान प्रतिवेदनमा उल्लेख गरिएको समितिका सदस्य वीरेन्द्र केसीले बताए । ‘देखिएका सबै कुरा उल्लेख भएका छन् । प्रहरीका विषयदेखि अन्य विभिन्न विषय छन् । सीसीटिभीका कुरा पनि छन्, सबै कुरा नभनौं,’ केसीले भने ।
समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको निष्कर्षसमेत निकालेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी