
काठमाडौँ – १३ वर्षीया छोरीको बलात्कार र हत्या भएको ५० दिन नाघ्दा पनि अपराधी किन समातिएनन् ?सक्कली अपराधी लुकाउने उद्देश्य छैन भने शृंखलाबद्ध रूपमा नक्कली अभियुक्त किन खडा गरिएको छ ? सिंगो देश एकजुट भएर आवाज उठाउँदा, सडकमा रगत बगाएर बलिदानी दिँदा पनि सरकार जवाफदेही हुँदैन भने बोल्नै नसक्ने निमुखाले न्याय कसरी पाउलान् ? यिनै प्रश्नको भारी प्रधानमन्त्रीको अगाडि बिसाएर जवाफमा केही आशा र आशंका बोकी घर फर्किएका छन् निर्मलाका बाबुआमा ।
राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने, घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले साताअघि काठमाण्डु आइपुगेका थिए निर्मलाका आमा दुर्गादेवी र बाबु यज्ञराज ।
काठमाण्डु आएकै दिनदेखि प्रधानमन्त्रीलाई भेट्न गरेको प्रयास फर्कने दिन सोमबार मात्र सफल भयो । प्रधानमन्त्रीसँग भेट मिलाउने जिम्मा लिएकी नेकपा नेतृ निरु पाल नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीसँग निरन्तर सम्पर्कमा थिइन् ।
‘हामीले यहाँ आएकै दिनबाट प्रधानमन्त्रीलाई भेट्न खोज्यौँ, निरुजीले फोन गरेर प्रधानमन्त्रीले पनि भेट्न चाहेको भन्नुहुन्थ्यो, तर भेट हुँदैनथ्यो, आइतबार अब भेट नहुने हो भने हामी हिँड्छौँ भनेपछि उहाँले सोमबारका लागि समय मिलाउनुभयो,’ मीनाले भनिन् ।
राष्ट्रपतिसँगको भेटको पहल पनि निरुले नै गरेकी थिइन् । मंगलबार भेट्ने समय मिलेको जानकारी उनले नै दिएकी थिइन् । ‘मंगलबार राष्ट्रपतिले भेट्नुहुन्छ, समयचाहिँ तोकेको छैन, तपाईंहरू प्लेनको टिकट क्यान्सिल गर्नू भनेर हामीलाई निरुजीले जानकारी गराउनुभएको थियो,’ मीना भन्छिन् । तर, आइतबार प्रधानमन्त्रीसँगको भेट असहज भएपछि राष्ट्रपतिसँग हुने भनिएको भेट अचानक रद्द भयो । ‘राष्ट्रपति पनि छोरीकी आमा हुनुहुन्छ, त्यसैले उहाँलाई आफ्नो व्यथा सुनाएर मन हलुका बनाउने धोको थियो, आश्वासन पनि पाएका थियौँ, तर अन्तिममा उहाँको समय छैन, १० दिनसम्म व्यस्त हुनुहुन्छ भन्ने जानकारी आयो, धोको अधुरै रह्यो,’ घर फर्किंदै गरेकी आमा दुर्गाले विमानस्थलमा दुःखेसो पोखिन् । यो खबर नयाँ पत्रिकाबाट लिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्