
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तको हत्यारा जोसुकै भए पनि कारवाही गर्नुपर्ने बताएकी छन् ।
राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा उनले बालबालिकामाथि हुने जुनसुकै जघन्य अपराधमाथि राज्य गम्भीर हुनुपर्ने बताइन ।
उनले भनिन्, ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ ।’
अहिले बलात्कारका घटना बढ्दै गएको भन्दै राष्ट्रपति भण्डारीले बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न जनचेतना फैलाउन आवश्यक रहेको बताइन् ।
शिक्षा, स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै उनले बालमैत्री संरचना आवश्यक रहेकोमा जोड दिइन । उनले बालबालिकाको हक, अधिकार सुनिश्चित गर्नका लागि केही कानुन परिमार्जन गर्नुपर्ने औंल्याइन ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिका देशका कर्णधार भएकाले उनीहरुको हितमा राज्यले काम गर्ने बताइन । बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका सबैखाले अधिकारको सुरक्षा गर्न सरकार तयार रहेको उनका भनाइ थियो ।
अन्य वक्ताहरुले भने बालबालिकामाथि हत्या, अपहरण, बलात्कार र दुब्र्यवहार बढ्दैजादा पनि राज्य गम्भीर नभएको आरोप लगाएका थिए ।कार्यक्रममा बालबालिकाहरुले आफ्ना हक, अधिकार सम्बन्धि संगीत र नृत्य प्रस्तुत गरेका थिए ।
बिहिबार मात्रै निर्मलाकी आमाले आफ्नी छोरीको ठाउँमा तपाईकी छोरीमाथि घटना घटेको भए के गर्नुहुन्थ्यो भन्दै प्रश्न गरेकी थिइन । शुक्रबार भण्डारीले निर्मलाई आमाको नामै नलिए पनि दोषीलाई कारवाही हुनुपर्ने बताएकी हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्