×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घर बनाउँदै हुनुहुन्छ भने होसियार ! ओम सिमेन्टले ओपीसी भनेर पीपीसी सिमेन्ट बेच्ने गरेको खुलासा, एनएस चिन्ह खारेज !

PRIME CA
GLOBAL IME BANK

घर बनाउँदै हुनुहुन्छ भने होसियार ! ओम सिमेन्टले ओपीसी भनेर पीपीसी सिमेन्ट बेच्ने गरेको खुलासा, एनएस चिन्ह खारेज !

२७ भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सुपरस्टारले बोलिदिन्छन्, जनताले पत्याईदिन्छन् । बिज्ञापनको नकारात्मक पाटो यहि हो । अर्थ सरोकार डटकमले यहि विषय पटक पटक उठाउने गरेको छ । यस्तै भएको छ ओम सिमेन्टको हकमा पनि । पर्साको वीरगञ्जस्थित इन्टरनेसनल सिमेन्ट उद्योग अन्तरगतको ओम ब्राण्डको सिमेन्ट गुणस्तरहिन भएको प्रमाणित भएको छ । उपभोक्तामा भ्रम फैलाएर सिमेन्ट विक्री गरेको पाइएपछी ओम सिमेन्टको नेपाल गुणस्तर चिन्ह खारेज भएको छ । उद्योगले उत्पादन गर्ने ओम ब्रान्डको ओपिसी सिमेन्टमा पीपीसी सिमेन्ट राखेर बिक्रि गर्दै आएकोले उद्योगको इजाजत खारेज गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तर चिह्न खारेज भएपछि इन्टरनेसनल सिमेन्टद्वारा उत्पादित ओपिसी सिमेन्ट बजारमा बिक्री, वितरण गर्न पनि नपाउने भएको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार विभागले अनुगमनका क्रममा सिमेन्ट परिक्षण गर्दा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको गुणस्तर प्रयोगशालामा परीक्षण गर्दा ओपीसीको प्याकमा पिपिसी सिमेन्ट भेटिएको हो । ओपीसीको तुलनामा पिपिसी सिमेन्ट करिब एकसय रुपैयाँ कम पर्छ । यद्यपी उद्योगले ओपिसी सिमेन्टमा पीपीसी मिसाएर बिक्री गरेको भए पनि मजदुरलाई दोषी देखाएर कारबाहीबाट उम्किन खोजेको छ । उद्योगलाई पठाएको स्पष्टीकरणको जवाफमा उद्योगमा कार्यरत मजदुरका कारण त्रुटि हुन गएको व्यहोरा जवाफ उद्योगले पठाएको थियो । उद्योगले दिएको जवाफमा चित्त नबुझेपछि गुणस्तर चिह्न खारेज गर्ने निर्णयमा मन्त्रालय पुगेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: