×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री र गृहमन्त्रीलाई अदालतबाटै प्रकाण्डले दिए यस्तो कडा चेतावनी

PRIME CA

प्रधानमन्त्री र गृहमन्त्रीलाई अदालतबाटै प्रकाण्डले दिए यस्तो कडा चेतावनी

अर्थ सरोकार

२५ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

दाङ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाउन खोजिएको बताएका छन् । आइतबार जिल्ला अदालत दाङबाट तीन दिन म्याद थप गरिएपछि बाहिरिने क्रममा प्रकाण्डले यसको मूल्य चुकाएर छाड्ने पनि चेतावनी दिए ।
‘सरकारी पक्षले बहसमा केही भन्दैन, राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा फसाउने नियत नै देखिन्छ’, प्रकाण्डले भने, ‘मलाई हतकडी लाग्दा हिजो जनयुद्धका मेरा सहकर्मीहरु प्रतिक्रियावादी भएका छन् । क्रान्तिपछि कोही प्रतिक्रियाबादीहरु हुन्छन्, कोही प्रतिक्रान्तिकारी हुन्छन् र राष्ट्रघाती पनि हुन्छन्, यो स्वभाविक हो ।’
नेता प्रकाण्डले गृहमन्त्री तथा आफ्ना पूर्वसमकक्षी रामबहादुर थापा बादलप्रति आक्रोश पोख्दै यसको मूल्य तिर्न नसक्ने गरी चुकाएर छाड्ने चेतावनी पनि दिए । ‘१० वर्षे जनयुद्धको संघर्षपछि बादलहरु दलाल सत्ताको ठेकेदार भएर बसेका छन्’, उनले भने, ‘उनीहरु झुटा मुद्दाको खेती गरिरहेका छन् । यसको मूल्य नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीसहितले तिर्न नसक्ने गरी चुकाउँछौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: