
काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा निर्मलाकी आमा दुर्गादेवी पन्चत र बुबा यज्ञराज पन्त र प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने नेताहरूको सहभागीता रहेको थियो । प्रधानमन्त्री ओली संग निर्मलाका आमा बाबुले अपराधी छिटो पत्ता लगाइदिन अनुरोध गरेका थिए।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार निर्मलाकी आमा दुर्गादेवीले प्रधानमन्त्रीसमक्ष घटनाबारे जानकारी गराएकी थिइन् । निर्मलाकी आमाको घटनाबारेको ब्रिफीङ सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखित बनाएको बताएका छन् । उनले भने, ‘निर्मलाको अभिभावक म पनि हुँ। यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु।’ प्रधानमन्त्री ओलीले सरकारले सुरुमा गठन गरेका समितिले काम नगरेकाले अहिले उच्च स्तरीय समिति गठन गरेर छानबिन भइरहेको बताए । प्रधानमन्त्री ओलीले पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको भन्दै यो समितिले अपराधी पत्ता लगाएर छोडने बताए ।
प्रधानमन्त्री ओलीले निर्मला बलात्कार र हत्याका दोषीलाई पत्ता लगाउन सरकार गम्भीर रहेको बताए । उनले निर्मलाका अभिभावकलाई भने, ‘यो विषयमा सरकार गम्भीर छ, सरकारले अपराधी पत्ता लगाउन कुनै पनि कसर बाँकी राख्दैन।’
प्रहरी प्रधान कार्यालयले आइतबार मात्रै डिआइजी धिरु बस्नेतको नेतृत्वमा शक्तिशाली अनुसन्धान समिति गठन गरेको छ । यसअघि गृहमन्त्रालयले सह सचिव हरिप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्रीलाई भेट्न खानेपानीमन्त्री (कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्य समेत रहेकी) बिना मगर, अछामबाट निर्वाचित सांसद भीम रावल, कैलालीबाट निर्वाचित लेखराज भट्ट, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेता एनपी साउद र रमेश लेखक लगायत रहेको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्