×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु’

PRIME CA

प्रधानमन्त्री ओलीले भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु’

३१ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । अरु ठाउँ भन्दा निकै सुन्दर र रमणीय क्षेत्र प्रचुर सम्भावनाको खानीको रुपमा रहेको रहेको सुदूरपश्चिमलाई सबै मिलेर विकसित गर्नुपर्ने बताए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्वविद्यालयसभाको आइतबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि पर्यो भनेर सधैँ गीत मात्र गाएर अघि नबढ्ने बताए । “प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ्ग, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्ष भित्र संख्यात्मक मात्र होइन गुणात्मक परिवर्तन हुने बताए । प्रधानमन्त्री ओलीले सरकारले हरेक पक्षमा परिणाम हेर्ने बताए । “म कसैको मुख हैन कामको परिणाम हेर्छु” प्रधानमन्त्री ओलीले भने ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाहरुका सम्बन्धमा छानबिन गर्नका लागि दुईवटा समिति गठन गरेका छन् ।
विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानविन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा एक समिति गठन गरिएको हो ।
दुवै समितिले १५ दिन भित्र प्रतिवेदन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई बुझाउन निर्देशन दिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: