
काठमाडौं – सशस्त्र प्रहरी बल नेपालमा जागिरको सुवर्ण अवसर खुल्ला गरेको छ । सशस्त्र प्रहरीले एकै पटक २०४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिसर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्म कर्मी र १० जना केसकर्तक माग गरेको हो।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले जानकारी दिएको छ।
आवेदनका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक श्वयम्भु, नम्बर एक बाहीनी पकली सुनसरी, नम्बर दुर्इ बाहानी बर्दिबास महोत्तरी, नम्बर चार बाहीनी पोखरा, नम्बर ६ बाहीनी बाङ्गेसिमल सुर्खेत, नम्बर ७ बाहिनी अत्तरीया कैलाली, तालिम शिक्षालय बर्दघाट र नौबस्ता बाँकेबाट पाइनेछ।
जवानको लागि न्युनतम ८ कक्षा पास गरे पुग्छ। जवानको लागि न्युनतम १८ वर्ष पुगि २१ वर्ष ननाघेको हुनु पर्छ भने परिचरको हकमा १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको हुनु पर्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्