
काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल भोली प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्दैछन । चारदिने भ्रमणका लागि उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले ताजमहलमा डिनर पार्टी दिएका छन्। दाहालले आजबाट राजनीतिक भेटघाट सुरु गर्न लागेका हुन ।
शुक्रबार साढे १२ बजे भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ताको तयारी गरेका दाहालले शनिबार सोही समयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । दाहालको निजी सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार शुक्रबार गृहमन्त्रीसँगको भेटपछि दाहाल दिउँसो ३ बजे ‘आईसीडब्ल्यूए’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन्।
उक्त कार्यक्रममा दाहालले सम्बोधन गर्ने छन। सुरुका ३० मिनेट आफ्नो मन्तव्य राखेपछि थप ३० मिनेट प्रश्नोत्तरमा केन्द्रित रहेर दाहालले सहभागीका जिज्ञासा मेट्ने प्रयास गर्नेछन्। साँझ पीएचडीसीसीआई बिजनेस कार्यक्रममा उद्योगी व्यवसायीसँग भेटघाट गर्ने उनको कार्यक्रम छ।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर कुराकानी गर्ने दाहालको भनाइ छ।
बिहीबार भारत जानुअघि दाहालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकमीसँगको संक्षिप्त कुराकानीमा आपसी हित र विकासको एजेन्डामा आफ्नो भ्रमण केन्द्रित हुने बताएका थिए।
आफ्नो भ्रमण राजनीतिक नभएकाले विकाससँग सम्बन्धित रहेर मात्र कुराकानी हुने उनको भनाइ छ। मोदीसँगको भेट पनि त्यसैमा केन्द्रित हुने उनको निजी सचिवालयले जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्