
काठमाडौँ – नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।
बिहीबार तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति कार्यान्वयनको सुदृढ वातावरण बनाउनु भएको बताए ।
‘अर्को कुनै राजनीति एजेण्डा होइन । विकासको एजेण्डा र पहिले भएका सहमति र समझदारी, हिजो भारत सरकारले गरेका थुप्रै प्रतिवद्धताहरु छन्, त्यसको स्मरण गराउने विचार छ’ उनले भने, ‘चाहे संसदमा भारतका प्रधानमन्त्रीले बोल्दा भनिएका हुन्, चाहे भूकम्पको सन्दर्भमा नेपालमा गर्ने सहयोग होस् ।’
पछिल्लो पटक दुई देशका प्रधानमन्त्रीबीच भएका सहमति कार्यान्वयनबारे पनि कुराकानी गर्ने उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्