
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल बिज्ञापन संघ (आन)को कार्यसमितिमा समेत रहेका व्यक्तिले सञ्चालन गरेको र गत कृति अवार्डमा सबैभन्दा बढी अवार्ड पाउने कम्पनी प्रिज्मार्क मार्केटिङ नामक बिज्ञापन एजेन्सीले हिमालयन बैंकको बिज्ञापन बनाउँदा नेपालको प्रचलित कानुनको धज्जी उडाएको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ ।बिगतमा हुन्डाई गाडीको ठगीबारे चौतर्फी समाचार आएपछि व्यवसायीहरुमाझ विभिन्न कुराहरुले विवादमासमेत आएको यो कम्पनीले हिमालयन बैंकको बिज्ञापन बनाउँदा राष्ट्र र राष्ट्रियताका जगेर्नाका लागि बनेका केहि महत्पूर्ण कानुनको धज्जी उडाउँदै नेपाली झण्डाको दुरुपयोग गरेको पाइएको छ ।

के प्रिज्मार्क मार्केटिङलाई कानुन लाग्दैन ?
नेपालको प्रचलित कानुनले दिएको सीमा भन्दा बढी नाफा खाएर ठगी गरेको आरोप लागेको हुन्डाई कम्पनीको अधिकांस काम लिएको प्रिज्मार्कले हिमालयन बैंकको ‘विश्वासको साथ’ शीर्षकको बिज्ञापन बनाउँदा नेपाली राष्ट्रिय झण्डाको प्रयोग भएको छ, जुन कानुनले बर्जित गरेको छ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कायविधि २०६९’ ले कुनै व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा प्रयोग गर्नु ‘अपराध’ हुने उल्लेख गरेको छ । राष्ट्रिय झण्डा प्रयोग कार्यविधिले मात्र होइन, भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले पनि व्यापारिक प्रयोजनमा झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्षसम्म कैद सजाय तोकिएको छ । तर कम्पनीले हिमालयन बैंकको बिज्ञापन बनाउँदा डाक्टरले बिरामी जाँच गरेको दृश्य देखाउँदा नेपालको झण्डाको प्रयोग गरेको छ ।
अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ २०६९ जेठ २२ गतेदेखि लागू भएको छ, र सो कार्यविधि राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्य गर्न निषेध गरिएको छ । निषेध गरिएका कार्यमध्ये ‘३’ नम्बरमा (घ) मा भनिएको छ- ‘व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइनेछैन ।’

गृह मन्त्रालयका प्रवक्ता भन्छन्, ‘कानुन मिच्ने कसैलाई छोड्दैनौं’
हिमालायन बैंकको बिज्ञापनमा राष्ट्रिय झण्डाको दुरुपयोग भएकोबारे हामीले गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीसँग कुराकानी गरेका थियौं । बिज्ञापनमा नेपाली राष्ट्रिय झण्डा प्रयोग गरेकोबारे हाम्रो प्रश्नमा उनले कार्यविधिविपरीत राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई कानुनबमोजिम सजाय हुने र यस्तो सजायमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे । ‘सरकारले राष्ट्रिय झण्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ बनाएको छ, जसमा कहाँ र कुन अवस्थामा यसको प्रयोग गर्ने भन्नेबारे प्रस्ट व्यवस्था छ । बिज्ञापनमा झण्डाको प्रयोग गर्न पाइनदैन भन्ने कुरा पनि कार्यविधिमा स्पष्ट छ । प्रमाणसहित उजुरी दिनुहोस्, मुलुकी फैजदारी अपराध संहिताअनुसार दोषीले सजाय पाउँछ ।
यता हामीले यसबारे बुझ्न प्रिज्मार्क मार्केटिङका पंकज प्रधानलाई सम्पर्क गरेका थियौं । उनी बिज्ञापन एजेन्सी संघको कार्यसमितिमासमेत छन् । ‘अरुहरुले पनि प्रयोग गरेको देखेका छौं । बिज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग नै गर्न नपाइने भन्नेबारे हामीलाई थाहा थिएन । झण्डाको दुरुपयोग गर्नु हुँदैन भन्नेबारे त थाहा थियो तर बिज्ञापनमा प्रयोग नै गर्न नपाइने भन्नेचाहिं थाहा थिएन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्रधानले भने, ‘नयाँ मुलुकी ऐन त अस्ती भर्खर आएको हो । हाम्रो बिज्ञापन त्यसअघि नै बनेको थियो । राष्ट्रिय झण्डाको कार्यविधि सम्बन्धि कानुनबारे भने हामीलाई थाहा छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्